१० करोड क्षतिपूर्ति माग्दै मेडिसिटीविरुद्ध मुद्दा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

१० करोड क्षतिपूर्ति माग्दै मेडिसिटीविरुद्ध मुद्दा


६ कार्तिक २०७६, बुधबार


काठमाडौँ । पूर्वसांसद गायत्री साहले नेपाल मेडिसिटी हस्पिटलविरुद्ध १० करोड रुपैयाँ बराबर क्षतिपूर्तिको गर्दै ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन्।

उपभोक्ता संरक्षण ऐन, २०७५ को परिच्छेद १० बमोजिम अस्पताल र सम्बद्ध चिकित्सकबाट क्षतिपूर्ति भराउन माग गर्दै पूर्वसांसद शाहले मुद्धा हालेकी हुन् ।

अस्पताल र सम्बन्धित चिकित्सकको लापरबाहीका कारण ‘डाउन सिण्ड्रोम’ भएको विकलाङ्ग बच्चा जन्माउनुपरेको शाहको दावी छ ।
गर्भवती भएका बेला आफूलाई बच्चाको अवस्था सामान्य रहेको भन्दै आश्वस्त पारेका कारण असक्त बच्चा जन्माउनुपरेको साहले फिरादमा उल्लेख गरेकी छन्।

बच्चाको स्वास्थ्य अवस्था अब जीवनभर सुधार नहुने तथा जीवनभर औषधि उपचार गरिरहनुपर्ने र राम्रो उपचार नपाएमा कुनै पनि समयमा मृत्यु हुनसक्ने अवस्था रहेको शाहले बताएकी छिन् ।

गत फागुनमा साहले मेडिसिटी अस्पतालमा बच्चा जन्माएकी थिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस