बलात्कार र हत्या अभियोगमा १९ वर्ष जेल सजाय तोकिएका गौतम अमेरिकाबाट पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बलात्कार र हत्या अभियोगमा १९ वर्ष जेल सजाय तोकिएका गौतम अमेरिकाबाट पक्राउ


६ कार्तिक २०७६, बुधबार


घुससहित रंगेहात पक्राउ

काठमाडौँ । बलात्कार र हत्या अभियोगमा १९ वर्ष जेल सजाय तोकिएका झापा चन्द्रगढीका लिलाराज गौतमलाई अमेरिकाबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।

युवती बलात्कारपछि हत्या गरेर अमेरिका पलायन भएका गौतमलाई अमेरिकामा पक्राउ गरी नेपाल नेपाल डिपोर्ट गरिएको हो ।

गौतम सहित झापा चन्द्रगढीका मनोज खडका र सिताराम बस्नेतले २९ असोज २०५७ मा झापाकै स्थानीय युवतीलाई बलात्कार पछि हत्या गरी चारआलीस्थित जंगलको रुखमा झुण्ड्याएको अनुसन्धानबाट खुलेको थियो ।

पुनरावेदन हुँदै सर्वोच्च अदालतसम्म पुगेको मुद्दामा २९ भदौ २०६६ मा १९ वर्ष २ महीना १० दिन कैद सजाय सुनाइएको थियो ।

अमेरिकाको वासिङटनमा रहेका गौतमको नाममा प्रहरीले रेडकर्नर नोटिस जारी गरी इन्टरपोलको सहयोग लिँदै नेपाल मगाएको थियो । गौतमको नाममा २६ असोज २०७४ मा रेडकर्नर नोटिस जारी भएको थियो ।

यससँगै अमेरिकी अध्यागमन अधिकारीहरुले गोतमलाई टर्किस एयरबाट नेपाल पठाएको र असोज ६ गते विहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस