म्यान्मा भ्रमणबाट दुई देशको सम्बन्ध अझ प्रगाढ : राष्ट्रपति भण्डारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

म्यान्मा भ्रमणबाट दुई देशको सम्बन्ध अझ प्रगाढ : राष्ट्रपति भण्डारी


४ कार्तिक २०७६, सोमबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजकीय म्यान्मा भ्रमणबाट नेपाल र म्यान्माका जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको बताएकी छन् ।

म्यान्मा गणतन्त्र संघका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको पाँचदिने राजकीय भ्रमण पूरा गरेर हाल जापानको औपचारिक भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले आज ट्वीटमार्फत नेपाल र म्यान्माका जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले ट्वीट गर्दै भनेकी छन्, ‘म्यान्माका महामहिम राष्ट्रपति उ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा भएको राजकीय भ्रमणमा प्रदान गरिएको न्यानो स्वागत र आतिथ्यताप्रति महामहिम राष्ट्रपति, महामहिम स्टेट काउन्सिलर, सरकार र स्नेही जनतालाई हार्दिक धन्यवाद, भ्रमणबाट दुई देश र जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको छ ।’

राष्ट्रपति भण्डारी गत असोज २९ गते म्यान्माको राजकीय भ्रमणमा गएकी थिइन्। उनी आइतबारदेखि जापानको भ्रमणमा रहेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस