मन्त्रिमण्डल हेरफेर हुँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिमण्डल हेरफेर हुँदै


२८ आश्विन २०७६, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन । अध्यक्ष पुष्पकमल दाहालको परामर्शमा प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल हेरफेर गर्न लागेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको म्यानमार भ्रमण जानु अघि नै मन्त्रिमण्डल हेरफेरको तयारी रहेको बताइएको छ ।

बालुवाटार स्रोतका अनुसार प्रतिनिधि सभाको उपसभामुख पदबाट शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन लगाई मन्त्री बनाउने तयारी रहेको छ । सोमबार नै यस बारे छलफल गरी उनलाई मन्त्री पदका लागी तयारी अवस्थामा बस्न भनिएको बताइएको छ । ६ मन्त्री हेरफेर गर्ने बताइएको छ ।

यौन दुव्र्यवहारको आरोपमा सभामुख कृष्ण बहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको छ । सभामुख र उपसभामुख पद एउटै दलबाट बन्न नपाइने संवैधानिक व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस