सिँहदरवार रेट्रोफिटिङका लागि सम्झौता « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सिँहदरवार रेट्रोफिटिङका लागि सम्झौता


२७ आश्विन २०७६, सोमबार


काठमाडौँ । सिँहदरवारको पश्चिम मोहडाको प्रबलीकरणका लागि ठेक्का सम्झौता भएको छ।

प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र शर्मा–गौरी पार्वती–न्यू टेक्निकल जेभीबीच सोमबार सम्झौता भएको हो।

सम्झौतामा इकाईका तर्फबाट आयोजना निर्देशक नवराज प्याकुरेल र जेभीका तर्फबाट लक्ष्मी प्रसाद सुवेदीले हस्ताक्षर गरेका छन् ।

प्रबलीकरणका लागि भ्याटबाहेक ४१ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

हाल उत्तर, पूर्व र दक्षिण मोहडाको प्रबलीकरणको कार्य भईरहेको छ ।

भूकम्प गएको चार वर्षसम्म पनि देशको प्रमुख प्रशासनिक अड्डा सिँहदरवारभित्रैको मुख्य(प्रधानमन्त्री) कार्यालय नै चार वर्षसम्म प्लाष्टिकले ढाकेर राख्नु आफैमा लज्जास्पद विषय हो ।

र यो पनि,

नछोपिएको लाज

Tags :
प्रतिक्रिया दिनुहोस