२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किवी खेतीमा कृषक

अ+ अ-

पर्वत । पर्वतको जलजला गाउँपालिकामा किवी खेती विस्तार गर्न स्थानीयवासी सक्रिय छन् । जलजला–५ लेखफाँटका बासिन्दा किवी खेतीमा लागेका हुन् । स्थानीयवासी यज्ञप्रसाद सुवेदीले २०७१ सालमा किवी रोपेपछि गाउँभरिमा अहिले व्यावसायिक खेती विस्तार गर्नेको बढेका छन् । सुवेदीसहित कृष्णबहादुर रन्तिजा, प्रेम पुन, नरबहादुर पुन, बनबडेका हर्कबहादुर पुन, लेखबहादुर फगामीसहित ५० परिवारले किवी खेती गर्न थालेका हुन् ।

एक पटक लगाएपछि करीब ४० वर्षसम्म निरन्तर आम्दानी दिने किवीको बजार मूल्य पनि उच्च छ । प्रतिकिलो रु अढाई सयदेखि छसय रुपैयाँसम्ममा बिक्री हुने किसान बताउँछन् । किसानले हेवाड, रेड, आलिसन र बुर्नो गरी चार जातका किवी लगाएका छन् । कृष्णबहादुर रन्तिजाले पनि पाँच रोपनीमा किवी लगाएका छन् । विसं २०६९ देखि व्यावसायिक खेती गर्दै आएका रन्तिजाले बर्सेनी रु चारदेखि पाँच लाख आम्दानी गर्दै आएको बताए । पछिल्लो समय जलजलाको बाँसखर्क, शालिजा, लेखफाँटमा किवीको क्षेत्रफल विस्तार हुँदै गएको कृषिज्ञान केन्द्र पर्वतले जनाएको छ ।

बाँसखर्कमा सोमबहादुर तिलिजा, सालिजामा हेमबहादुर पुन, मायादेवी रेग्मी, पूर्णहरि रेग्मी लगायतले किवीको व्यावसायिक खेती गर्छन् । सात वर्षमा जलजलामा मात्रै ५० हजार बिरुवा खपत भएको कृषिज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए । रेग्मीले मानव शरीरलाई धेरै पौष्टिक तत्व दिने भएकाले किवीको मूल्य र बजारमा माग बढ्दै गइरहेको उनले बताए ।

किवीको नियमित प्रयोगले उच्च रक्तचाप रोक्नाका साथै ज्यान फुर्तिलो बनाउने, मुटुरोगी लगायतका लागि फाइदा पुग्ने उनले बताए । जलजला गाउँपालिकाले किवीको व्यावसायिक खेती गर्ने किसानलाई अघिल्लो वर्षदेखि सहयोग गर्दै आएको छ । किवीको सम्भावना राम्रो भएकाले गाउँपालिकाले प्रोत्साहन गर्ने नीतिअनुसार सहयोग गरिरहेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बताए ।

यस्तै मोदी गाउँपालिकाको चित्रे, राम्जा र भुकदेउराली, महाशिला गाउँपालिकाको फलामखानी र भोक्सिङ, कुश्मा नगरपालिकाको दुर्लुङ लगायतका ठाउँमा पनि व्यावसायिक किवीको विस्तार हुन थालेको छ । रासस

प्रतिक्रिया दिनुहोस