२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वृद्धृवृद्धाले पाएनन् सामाजिक सुरक्षाभत्ता

अ+ अ-

दैलेख । नारायण नगरपालिका दैलेखको चरम लापरवाहीका कारण नारायण नगरपालिका–९ वृद्धवृद्धा एकल महिला ज्येष्ठ नागरिकले पाउनुपर्ने पहिलो चौमासिकको सामाजिक सुरक्षाभत्ता पाउन सकेका छैनन् । संघीय सरकारबाट पठाउनुपर्ने सामाजिक सुरक्षाभत्ता पठाए पनि नारायण नगरपालिकाले गरेको लापरवाहीका कारण दुई हजारभन्दा बढीले सामाजिक सुरक्षाभत्ता पाउन नसकेका हुन् ।

जिल्लामा रहेको एनएमबी बैंकमा खाता छ, साबिकको नगरपालिका वडा नं १ देखि वडा ९ सम्मको सामाजिक सुरक्षाभत्ता बैंकबाट वितरण गर्ने गरे पनि नगरपालिका कार्यकारी अधिकृतको सरुवा भएको कारण देखाउँदै नगरपालिकाले समयमै निकासा नदिएका कारण दुई हजारभन्दा बढीले सामाजिक सुरक्षाभत्ता पाउनबाट बञ्चित भएका छन् ।

नारायण नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत रेशम बुढाले नगरपालिका कार्यालयको खाता सञ्चालन गर्न समय लागेका कारण सामाजिक सुरक्षाभत्ता वितरण गर्न ढिलाइ भएको बताए ।

उनले खाता सञ्चालन हुनेबित्तिकै पहिला सामाजिक सुरक्षाभत्ता र शिक्षकहरुको तलब निकासा गरे पनि कोष तथा लेखा नियन्त्रण कार्यालयबाट चेक आउन ढिला भएका कारण समयमै समाजिक सुरक्षाभत्ता पठाउन नसकेको बताए । नारायण नगरपालिका दैखलेले असोज १३ गते मात्र एनएमबी बैंकलाई सामाजिक सुरक्षाभत्ता निकासाको चेक दिएको बैंकका जिल्ला प्रबन्धक निर्मला श्रेष्ठले बताइन्।

दशैँअगावै सामाजिक सुरक्षा वितरण गर्ने तयारीमा नगरपालिका रहे पनि विविध कारणले ढिला भएको नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्कालले बताए । उनले नारायण नगरपालिकाको वडा नं १ देखि ९ सम्मका ज्येष्ठ नागरिक, एकल महिला, बालबालिकाको एनएमबी बैंकबाट भत्ता विरतण गरेको र अन्य १० र ११ वडाका ज्येष्ठ नागरिक एकल महिला, बालबालिकाको भत्ता वडाका सचिवमार्फत वितरण गरेको बताए ।रासस

प्रतिक्रिया दिनुहोस