लेखापाल वि.क.द्वारा मनास्लु आरोहण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लेखापाल वि.क.द्वारा मनास्लु आरोहण


११ आश्विन २०७६, शनिबार


काठमाडौँ । निजामती कर्मचारी बम बहादुर बि.क.ले मनास्लु हिमालको सफल आरोहण गरी निजामती कर्मचारीको तर्फबाट पहिलो आरोहीको रेकर्ड बनाएका छन् ।

सुनापति गाउँपालिका, रामेछापमा लेखापाल पदमा कार्यरत बि.क.ले यही असोज ९ गते बिहान ८ः०४ बजे नेपालको सातौँ तथा विश्वको आठौँ अग्लो हिमालका रूपमा चिनिने ८ हजार एक सय ६३ मिटरको मनास्लु हिमाल आरोहण गरेका हुन् ।

किलर माउन्टेनका रुपमासमेत चिनिने मनास्लु हिमाल आरोहणमा निस्केका बि.क.महालेखा नियन्त्रक कार्यालय अन्तर्गत लेखा समूहबाट हिमाल आरोहण गर्ने पहिलो प्रतिनिधिसमेत हुन् ।

सानो भेरी गाउँपालिका, १० डाडाअर्मा रुकुम घर भएका बि.क. पायोनियर एडभेन्चर प्रा.लि. मार्फत नेपाली र विदेशी गरी दुईवटा आरोहण दलमा सहभागी हुँदै भाद्र १९ गते आरोहणमा निस्केका थिए ।

र यो पनि,

किलर माउन्टेनको आरोहणमा निजामती कर्मचारी बि.क.

प्रतिक्रिया दिनुहोस