किलर माउन्टेनको आरोहणमा निजामती कर्मचारी बि.क. « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

किलर माउन्टेनको आरोहणमा निजामती कर्मचारी बि.क.


१९ भाद्र २०७६, बिहिबार


काठमाडौँ । निजामती कर्मचारी बम बहादुर बि.क.ले मनास्लु हिमालको आरोहणमा निस्केका छन् ।

सुनापति गाउँपालिका, रामेछापमा लेखापाल पदमा कार्यरत बि.क.आज? (बिहीबार) नेपालको सातौँ तथा विश्वको आठौँ अग्लो हिमालका रूपमा चिनिने ८ हजार एक सय ६३ मिटरको मनास्लु हिमाल आरोहणको यात्रामा निस्केका हुन् ।

किलर माउन्टेनका रुपमासमेत चिनिने मनास्लु हिमाल आरोहणमा निस्केका बि.क.महालेखा नियन्त्रक कार्यालय अन्तर्गत लेखा समूहबाट हिमाल आरोहण गर्ने पहिलो प्रतिनिधिसमेत हुन् ।

हिमाल आरोहणको सूचीमा सायदै समेटिने मनास्लु हिमाल अरू हिमाल भन्दा निकै जोखिमपूर्ण रहेकोले यसलाई किलर माउन्टेन भनिएको हो ।

निजामती कर्मचारीले प्रशासनिक कार्य मात्र नभई साहसिक काम पनि गर्न सक्छन् भन्ने सन्देश दिन हिमाल आरोहण गर्न लागेको लेखापाल बि।क।ले बताएका छन् ।

निजामती कर्मचारीले प्रशासनिक कार्य मात्र नभई साहसिक काम पनि गर्न सक्छन् बि.क.ले भने, मैले महालेखा नियन्त्रक कार्यालय अन्तर्गत लेखा समूहबाट हिमाल आरोहण गर्ने पहिलो प्रतिनिधिका रूपमा आरोहण गर्दैछु ।

उनले बर्गको हिसाबले पनि पछाडि परेका वर्ग समुदायले पनि अरू समुदाय सरह साहस र हिम्मत राख्दछन् भन्ने सन्देश दिनपछि आफूले मनास्लु आरोहण सुरु गरेको बताएका छन् ।

यसका साथै भिजिट नेपाल ट्वान्टी–२० मनाई रहँदा आन्तरिक पर्यटन प्रवर्द्धनसमेत हुने विकले बताए । विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने योजना बनाएका विकले मनास्लु आरोहणलाई सगरमाथाको तयारीका रुपमासमेत लिएको बताए ।

सानो भेरी गाउँपालिका, १० डाडाअर्मा रुकुम घर भएका बि।क। पायोनियर एडभेन्चर प्रा।लि। मार्फत नेपाली र विदेशी गरी दुईवटा आरोहण दलमा सहभागी हुँदै बेसक्याम्पतर्फ हिँडेका छन् ।

काठमाडौँबाट एक दिन गाडी र ७ दिनको पैदल यात्रामा बेस पुगिने र आरोहण गर्न जम्मा ३४ दिन लाग्ने पायोनियर एडभेन्चर प्रा.लि.ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस