२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधानलाई सबैको अपनत्व हुने गरी संशोधन गर्नु जरूरी छ : मुख्यमन्त्री राउत

अ+ अ-

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानमा सबैले अपनत्व बोध हुने गरी संशोधन गर्नु जरूरी भएको बताएका छन् । ‘सानो पाइला’ नामक संस्थाद्वारा आज यहाँ आयोजित नेपालको संविधान २०७२ मा ‘जनताको अवधारणा’ विषयक बहस र मन्थन कार्यक्रममा मुख्यमन्त्री राउतले संविधानका राम्रा पक्षलाई संस्थागत गर्दै उत्पीडित समुदायको अधिकार सुनिश्चित हुने गरी सबैको संविधान बनाउने वातावरण निर्माणको खाँचो औँल्याए ।

‘विसं २०७२ मा आफू संविधानसभाको सदस्य रहँदा संविधान लेखन समितिमा भएका बेला मधेशका मुद्दा, समस्याको समाधानबारे पटकपटक सम्बोधन गर्न सुझाव दिए पनि त्यसलाई गौण बनाई हुन्छ, हुँदैन भन्ने विधिमा लगियो’, उनले भने, संघीय सरकारबाट प्रदेश सरकारलाई कमजोर बनाई संघीयतामाथि नै प्रहार गर्ने काम भएको छ । संविधानका कमजोर पक्षलाई संशोधन गरी सबल र सर्वस्वीकार्य बनाउनु पर्दछ ।’

राष्ट्रिय जनता पार्टी नेपालका नेता महन्थ ठाकुरले मधेशीलाई विदेशी ठान्ने मनोविज्ञान रहेसम्म संविधान सर्वस्वीकार्य हुन सक्दैन भन्दै संशोधन गरी संविधानबाट मधेशीको आत्मसम्मान स्वाभिमानको रक्षा गर्नु जरूरी भएको धारणा राखे ।

वरिष्ठ पत्रकार किशोर नेपालले संविधानमा मधेशको मुद्दा सम्बोधन हुन नसकेका कारण मधेशी जनतामा असन्तुष्टि र पीडा छ भन्दै त्यसबाट भोलि आन्दोलन र विद्रोहको अवस्था आउन नदिन समयमै नेताहरूले विचार पुर्‍याउनु आवश्यक रहेको बताए ।