‘संविधानपछिको यात्रा राम्रोे भए पनि सुधारका गुञ्जायस’ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

‘संविधानपछिको यात्रा राम्रोे भए पनि सुधारका गुञ्जायस’


३ आश्विन २०७६, शुक्रबार


काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराईले संविधान निर्माणपछिको यात्रा राम्रोसँग शुरु भएको भए पनि यसमा सुधारका गुञ्जायस सँगसँगै रहेको बताएका छन् ।

सरकारी वकिल समाज र संवैधानिक कानून व्यवसायी मञ्चले आज आयोजना गरेको कार्यक्रममा उनले संविधानमार्फत् आम नेपालीमा हामी भन्ने भावनाको विकास गराउने विषय सबैभन्दा महत्वपूर्ण विषय भएको औँल्याए । संविधान आफैँमा उत्कृष्ट र खराब नहुने उनको भनाइ छ । उनले भने, “कुनै कुरा खराब भएपछि राम्रो कसरी गर्ने र सुधारका लागि के गर्ने भन्ने पनि आउनु आवश्यक छ ।”

पूर्वमहान्यायाधिवक्ता बद्रीबहादुर कार्कीले न्यायाधीशको सार्वजनिक सुनुवाइ अन्तवार्ताजस्तै हुने गरेको बताए । संवैधानिक इजालासले सक्रिय भएर काम गर्नुपर्ने उनले सुझाव दिए । उच्च अदालतका न्यायाधीश टेकबहादुर ढुङ्गानाले अदालतले गत वर्ष परेको एक हजार ६२७ मुद्दामध्ये ३८० मुद्दा मात्रै अर्को वर्षका लागि सारेको बताए । वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले सर्वोच्च अदालतले सरकार र संसद्ले गलत क्रियाकलाप गर्दा रोक्न र त्यसलाई मार्गनिर्देश गर्नुपर्ने कुरामा जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस