सरकारले संविधान तोडमोड गर्न खोज्यो : महामन्त्री कोइराला « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सरकारले संविधान तोडमोड गर्न खोज्यो : महामन्त्री कोइराला


२५ भाद्र २०७६, बुधबार


चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले सरकारले संविधानलाई नै तोडमोड गर्न खोजेको आरोप लगाएका छन् । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको तेस्रो वार्षिक साधारणसभाको आज गैँडाकोटमा उद्घाटन गर्दै उनले कांग्रेस यसमा सतर्क रहेको बताए ।

महामन्त्री कोइरालाले भने, ‘तपाइँहरुको साथ र सहयोग रह्यो भने हामी संविधानलाई तोडमोड गर्न दिदैनौं । जननायक बिपीले २०१२ सालमा नेपालमा संविधानसभामार्फत बनेको संविधान चाहिन्छ भनेको प्रसङ्ग उल्लेख गर्दै उनले संविधानसभाबाट ल्याइएको संविधानलाई केरमेट हुन काङ्ग्रेसले किमार्थ दिँदैन भने ।

सो अवसरमा गैँडाकोट नगरपालिकाका प्रमुख छत्र पौडेल, उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, उद्योग सङ्घ चितवनका उपाध्यक्ष त्रिलोचन कँडेल, महासङ्घका सल्लाहकार प्रभाकर पण्डित, प्रा डा हरिहर पोखरेल, देवेन्द्ररत्न शाक्यलगायतले बोलेका थिए ।

महासङ्घका अध्यक्ष तिलाबहादुर जिसीको सभापतित्वमा भएको साधारणसभामा देशभरमा पार्टी प्यालेस सञ्चालन गरेका १५० जना सदस्य सहभागी बनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस