महोत्तरीमा पानीमा डुबेर दुई बालकको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

महोत्तरीमा पानीमा डुबेर दुई बालकको मृत्यु


२३ भाद्र २०७६, सोमबार


महोत्तरी । अभिभावकको बेवास्ताले महोत्तरीमा पानीमा डुबेर आज आज दुई बालकको मृत्यु भएको छ । घरबाट निस्केका आफ्ना छोराछोरीको अभिभावकले राम्रोसँग हेरविचार नगर्दा पोखरीमा डुबेर ती दुई बालकको मृत्यु भएको हो ।

जिल्लाको जलेश्वर नगरपालिका–३ मलिवाराका १२ वर्षीय रोहित साह र बलवा नगरपालिका–७ का चार वर्षीय रुपेश महराको आफ्नै बस्तीको पोखरीमा नुहाउँदै गर्दा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पोखरीमा नुहाउने क्रममा अचानक चिप्लिएर गहिरो ठाउँमा पुग्दा डुबेर दुवै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

महोत्तरीको गौशाला नगरपालिकाको रजखोर बस्तीमा गत शुक्रबार दुई वर्षीया बालिकाको घरमै तसलामा राखिएको पानीमा डुबेर मृत्यु भएको थियो । गत आर्थिक वर्षमा १२ वर्षमुनिका १८ बालबालिकाको पानीमा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस