२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महोत्तरीमा पानीमा डुबेर दुई बालकको मृत्यु

अ+ अ-

महोत्तरी । अभिभावकको बेवास्ताले महोत्तरीमा पानीमा डुबेर आज आज दुई बालकको मृत्यु भएको छ । घरबाट निस्केका आफ्ना छोराछोरीको अभिभावकले राम्रोसँग हेरविचार नगर्दा पोखरीमा डुबेर ती दुई बालकको मृत्यु भएको हो ।

जिल्लाको जलेश्वर नगरपालिका–३ मलिवाराका १२ वर्षीय रोहित साह र बलवा नगरपालिका–७ का चार वर्षीय रुपेश महराको आफ्नै बस्तीको पोखरीमा नुहाउँदै गर्दा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पोखरीमा नुहाउने क्रममा अचानक चिप्लिएर गहिरो ठाउँमा पुग्दा डुबेर दुवै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

महोत्तरीको गौशाला नगरपालिकाको रजखोर बस्तीमा गत शुक्रबार दुई वर्षीया बालिकाको घरमै तसलामा राखिएको पानीमा डुबेर मृत्यु भएको थियो । गत आर्थिक वर्षमा १२ वर्षमुनिका १८ बालबालिकाको पानीमा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।