प्रधानमन्त्री ओलीको उपचार बुधबार सकिने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री ओलीको उपचार बुधबार सकिने


१५ भाद्र २०७६, आइतबार


काठमाडौं । एक सातादेखि सिंगापुरमा उपचार गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया बुधबार सकिने भएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्लाजा फेरेसिस प्रक्रियाबाट मृगौला सम्बन्धी एन्टीबडीलाई निवारण गर्नेगरी उपचार जारी रहेको जानकारी दिए।

आइतबार ट्विट गर्दै अर्यालले लेखेका छन्, ’सम्माननीय प्रमको प्लाजाफेरेसिस प्रकृयाबाट मृगौलासम्बन्धी एन्टबडीलाई निराकरण गर्ने उपचार जारी छ । प्रमसँगै रहनुभएका उहाँका निजी चिकित्सक डा दिलिप शर्माका अनुसार भोलि सोमबार छैठौं र बुधबार सातौं चरणको प्रकृया सम्पन्न भएसँगै उपचार पूरा हुनेछ। प्रमको स्वास्थ्य अवस्था सामान्य छ ।’

प्रधानमन्त्री भदौ ५ गते उपचारको लागि सिंगापुर प्रस्थान गरेका थिए । ६ गतेदेखि नै सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा प्लाज्मा फेरेसिसको उपचार सुरु गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस