पत्रकार पुर्नबाहलीको माग गर्दै टाउकोमा कालो पट्टी बाँधेर विरोध « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पत्रकार पुर्नबाहलीको माग गर्दै टाउकोमा कालो पट्टी बाँधेर विरोध


६ भाद्र २०७६, शुक्रबार


डोटी । रेडियो नेपाल सुदूर पश्चिम प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत तीन कर्मचारीलाई बिना जानकारी सेवाबाट हटाएको विरोधमा सुरु भएको विरोध आन्दोलन आज पनि जारी रहेको छ ।

नेपाल पत्रकार महासङ्घ डोटी शाखाको अगुवाइमा पुर्नबाहलीको माग गर्दै धर्ना सुरु गरिएको आन्दोलनका क्रममा बिहीबार मुखमा कालो पट्टी बाँधेर धर्ना दिइएको थियो भने आज(शुक्रवार) टाउकोमा कालो पट्टी बाँधेर विरोध गरिएको नेपाल पत्रकार महासङ्घ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरले बताए ।

पुनर्बहाली नरे चरण बद्ध आन्दोलन गर्ने जनाउँदै आएको महासङ्घ डोटीले पहिलो चरणमा तीन दिनसम्म पत्रकार महासङ्घ डोटीको अगुवाइमा प्रदेश प्रसारण केन्द्र दिपायलको गेटमा धर्ना दिएको हो ।

प्रदेश प्रसारण केन्द्र दिपायलमा १० वर्ष देखि उद्घोषक पदमा कार्यरत सुनिता रावल, तीन वर्षदेखि कार्यरत डोटेली समाचार वाचक तथा कार्यक्रम सञ्चालक प्रकाश बम र उद्घोषक चक्र कुँवरलाई बिना सूचना बर्खास्त गरेपछि महासङ्घले रेडियो प्रसार सेवा विकास समितिलाई ज्ञापन पत्र बुझाउनुका साथै विज्ञप्ति जारी गर्दै पुर्नबाहलीको लागि माग गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस