सिडिओलाई एसएमएसमार्फत बम विस्फोटनको धम्की दिने तीन गोली र बमसहित पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिडिओलाई एसएमएसमार्फत बम विस्फोटनको धम्की दिने तीन गोली र बमसहित पक्राउ


६ भाद्र २०७६, शुक्रबार


काठमाडौँ । पर्साका प्रमुख जिल्ला अधिकारी(सिडीओ) नारायणप्रसाद भट्टराईलाई मोबाइलमा मेसेज पठाएर बम विस्फोट गराउने धम्की दिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

वीरगन्जको बिर्ता हाटबजारमा पटाका पड्काएर आतंकित पार्दै आएको तीन जनाको समूहलाई पर्सा प्रहरीले चार राउन्ड गोलीसहित बिहीबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा फुलहसन अन्सारी, जौवाद अन्सारी र सद्दाम अन्सारी रहेका छन् । उनीहरूको साथबाट थ्री नट थ्री राइफलको दुई र ७ दशमलव ६५ क्यालिभरको चाइनिज पेस्तोलको दुई गोली र तीन थान सुतली बम बरामद भएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र राठौरले जानकारी दिएका छन् ।

तीनै जना विरुद्ध प्रहरीले हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान गरिरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस