दर्जन बढी कर्मचारीलाई कारबाही « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दर्जन बढी कर्मचारीलाई कारबाही


४ भाद्र २०७६, बुधबार


काठमाडौँ । १५ जना सरकारी कर्मचारीलाई कारबाही गरिएको छ।

जिल्ला प्रशासन कार्यालय रुकुमले गरेको छड्के निरीक्षणको क्रममा नियम पालना नगर्ने विभिन्न कार्यालयका १५ जना कर्मचारीलाई कारबाही गरिएको हो ।

सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेको गुनासो पछि छड्के अनुगनमा गएको प्रशासनको टोलीले मालपोत, नापी, जिल्ला स्वास्थ्य, जिल्ला अस्पताल, बिउ उत्पादन केन्द्रलगायत कार्यालयमा पुगी हाजिरी विवरण हेरेको थियो । सो क्रममा हाजिर दुरुस्त नभएको, कार्यालय समयमा पोसाक नलगाएको, कार्यालय सममयभन्दा ढिलो आएको, नागरिक वडापत्र र उजुरी पेटीका नराखिएको भेटिएपछि कर्मचारीलाई कारबाही गरिएको प्रशासनले जनाएको छ ।

कारबाही गरिएका कर्मचारीलाई पहिलो चरणमा लिखित स्पष्टीकरण माग गरेको र चित्त बुझ्दो नभएमा विभागीय कारबाहीसमेत अगाडी बढाउने एक अधिकारीले जानकारी गराए ।

Tags :
प्रतिक्रिया दिनुहोस