उदयपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

उदयपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु


३ भाद्र २०७६, मंगलबार


गाइघाट । उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको कुटाइबाट उनकी श्रीमती ३० वर्षीया मञ्जु पुलामी मगरको मृत्यु भएको छ ।

गए राति तीर्थले घरायसी विवाद हुँदा मञ्जुलाई कुटपिट गरेका थिए । सख्त घाइते मञ्जुको उपचारको क्रममा आज सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरी प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिए । तीर्थलाई पक्राउ गरी कारवाही अगाडि बढाइएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस