मुख्यमन्त्रीको पिर्के सलामी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मुख्यमन्त्रीको पिर्के सलामी


३१ श्रावण २०७६, शुक्रबार


काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बाटोमै पिर्कामा रातो कपडा बेरेर सलामी लिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

बिहीबार गृह नगर पचालझरना पुगेका मुख्यमन्त्री शाहीले लाफाखोलामै पिर्का राखेर सलामी लिएपछि उनको क्रान्तिकारितामाथि स्थानीयले प्रश्न उठाएका छन् ।

जनप्रतिनिधिले जता प्रहरी भेट्यो त्यतै लिइरहेका सलामीको आलोचना भइरहेका वेला मुख्यमन्त्री शाहीले बगरमै लिएको सलामी बारे उनकै पार्टी तथा जिल्लावासीले आलोचना गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस