२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेट्रोल पम्पमा सिलबन्दी

अ+ अ-

वीरगञ्ज । पर्सा जिल्लास्थित गुणस्तर तथा नापतौल कार्यालयले कम परिमाणमा प्ट्रोलियम पदार्थ विक्री गर्दै आएको हेटाँैडास्थित शिवम् फ्युल सेन्टरमा सिलबन्दी गरेको छ । लामो समयदेखि उक्त फ्युल सेन्टरले उपकरणको सिल काटेर कम तेल बिक्री गरी उपभोक्ता ठग्दै आइरहेकाले छापा मारी सिलबन्दी गरिएको हो ।

सो फ्युल सेन्टरलाई आवश्यक कारबाहीका लागि तीन दिनभित्र कार्यालयमा हाजिर हुन पत्राचार गरिनाका साथै ठगी मुद्दा चलाइएको कार्यालय प्रमुख शशीभूषण यादवले राससलाई बताउनुभयो । यसैगरी हेटौाडा औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेको एसियन पेन्टस् उद्योगले अनुमतिभन्दा बढी नापतौलका उपकरण प्रयोग गरेकाले सो उद्योगलाई समेत कारबाहीको दायरामा ल्याइएको छ ।

पेट्रोलियम पदार्थ वितरण गर्दा पम्पहरुमा स्फटवेयर प्रणालीबाट भइरहेको ठगी सम्बन्धमा पहिलोपटक सो ठगीबारे पत्ता लागेको कार्यालयका प्रमुख यादवले बताउनुभयो । उक्त कार्यालयले आव २०७५/७६ मा अनियमितता गर्ने ५९५ कम्पनीलाई कारबाही गरी रु ८६ लाख ७१ हजार तीन जरिवाना असुल गरेको छ । सो अवधिमा ८९१ पम्पमा जाँच गरिएको थियो भने एक हजार ३७९ व्यापारीले प्रयोग गर्ने नापतौल यन्त्रको जाँच गराएका थिए ।

सो कार्यालयले आव २०७५/७६ मा बारा जिल्लाका छ पेट्रोल पम्पमाथि मुद्दा दायर गरी सजाय र जरिवाना गर्नाका साथै छ पम्पमाथि मुद्दा दायर गरेको थियो । यसैगरी चार कम्पनीमाथि मुद्दा चलाउने प्रक्रिया शुरु गरिएको सो कार्यालयले जनाएको छ । रासस