प्रधानमन्त्री ओली उपचार गरेर स्वदेश फिर्ता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानमन्त्री ओली उपचार गरेर स्वदेश फिर्ता


२७ श्रावण २०७६, सोमबार


काठमाडौं । स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा स्वदेश फर्केका छन्। उनी सोमबार दिउँसो थाई एयरको विमानबाट त्रिभुवन विमानस्थल आइपुगेका हुन्।

साउन १८ मा सिंगापुर प्रस्थान गरेका ओलीले नियमित स्वास्थ्य परीक्षण गराइ गत शनिबार स्वदेश फर्किने कार्यक्रम भए पनि थप दुई दिन बसेर सोमबार मात्र स्वदेश फर्केका हुन्।

प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भएको थियो।

१२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि ओलीले सिंगापुरमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन्।

प्रधानमन्त्री ओलीसँग पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्या सिंह लगायतको टोली सिंगापुर गएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस