प्रधानमन्त्री ओली आज फर्किदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री ओली आज फर्किदै


२७ श्रावण २०७६, सोमबार


काठमाडौँ । सिंगापुरमा स्वास्थ्य परीक्षण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) स्वदेश फर्कंदै छन् ।

सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षणबाट प्रधानमन्त्री ओलीको अवस्था सामान्य पाइएकोले उनी फर्किन लागेको वालुवाटार स्रोतले बताएको छ ।

नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली साउन १८ मा सिंगापुर गएका थिए । उनका साथमा पत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाहसहित ९ जना रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस