सिंहदरबार हिरासतबाटै कसरी फरार भए थुनुवा ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सिंहदरबार हिरासतबाटै कसरी फरार भए थुनुवा ?


२५ श्रावण २०७६, शनिबार


काठमडौं । सिंहदरबार हिरासत बाट थुनुवा फरार भएका छन् । महानगरीय प्रहरी वृत सिंहदरबारको हिरासतबाट चोरी मुद्दामा थुनामा रहेका थुनुवा फरार भएका हुन् ।

शनिबार विहान ह्याक्सो ब्लेड प्रयोग गरेर झ्यालको डन्डी काटेर थुनुवा भागेका महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

प्रहरीले भागेका ४ थुनुवामध्ये दुई जनालाई पक्राउ गरेको छ । भागेका दुई थुनुवाको खोजी कार्य भइरहेको प्रवक्ता बोगटीले बताए । उनीहरुको नाम गोप्य राखिएको छ ।

उनीहरु मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस