२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ योजनाका साथ जनताका बीचमा आउछौँ : महासचिव पौडेल

अ+ अ-

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले स्थानीय तहमा भइरहेका विकास निर्माणका काममा खबरदारी गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं २ ले आज बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले स्थानीय तहको नीति कार्यक्रम तथा बजेटबारे जानकार रहन आग्रह गरे ।

‘स्थानीय तहमा कहाँ कति बजेट पर्‍यो, नीति कार्यक्रम कस्ता छन् ?, तपाईहरु अध्ययन गर्नुस्, आफ्नै वडामा आएको बजेटबारे थाहा नपाउने स्थिति हुनुहुँदैन’ उनले भने । उज्जवल राजनीतिक भविष्यका लागि पार्टीको नीति बुझ्न जरुरी रहेकाले तल्लो तहबाटै सक्रियता बढाउन कार्यकर्तालाई उनले आह्वान गरे ।

पार्टीका योजना र दृष्टिकोणका साथ नेकपाले जनताका बीचमा आउने तयारी गरेको महासचिव पौडेलले बताए । “हामी पार्टी तथा सरकारको नीति र नेतृत्वका विषयमा जनताको विचार सुन्न चाहन्छौँ र जनताकै सुझाव र इच्छाअनुसार अगाडि बढ्छौँ’, उनले भने ।

उनले पार्टी एकता प्रक्रिया बलियो जगमा खडा भएकाले आपसी विमति नरहेको स्पष्ट पारे । ‘हामीले पार्टी एकताका क्रममा जे निर्णय गर्‍यौ ती परिपक्व छन्’, उनले भने । पार्टी एकता जनताका पक्षमा रहेको बताउँदै पौडेलले पार्टी एकता र पार्टीको भविष्यप्रति शङ्का गर्ने ठाउँ नरहेको धारणा राखे ।

सरकारले विकास र सम्मृद्धिको अभिभारा पूरा गर्नेमा ढुक्क रहन समेत उनले आग्रह गरे। कार्यक्रममा नेकपा राष्ट्रियसभाका सचेतक खिमलाल भट्टराईले जनताको विकास र समृद्धिको सपना पूरा गर्न नेकपा दृढ रहेको बताए ।

नेकपाका रुपन्देही इञ्चार्ज तथा प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले देश र जनताका पक्षमा काम गर्न नेकपा सरकारमा गएको उल्लेख गरे । नेकपा नवलपरासी इञ्चार्ज तथा प्रदेश ५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले विकास निर्माणका हिसाबले प्रदेश अगाडि रहेको बताए । पार्टीका रुपन्देही सह इञ्चार्ज तथा प्रदेशसभा सदस्य दधिराम न्यौपानेले पार्टी एकता बलियो ढङ्गले अगाडि बढेको बताए ।