२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विषालु जङ्गली च्याउ नखान अभियान शुरु

अ+ अ-

रामपुर । जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्लामा पटक–पटक जङ्गली च्याउ खाएर स्थानीयवासीको ज्यान जान थालेपछि सचेतना अभियान चलाएको छ । जिल्लाका आठ गाउँपालिका तथा दुई नगरपालिकाका विभिन्न क्षेत्रमा ‘जङ्गली च्याउ नखाऊँ, सुरक्षित बनौँ’ भन्ने उद्देश्यले अभियान चलाउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जङ्गलमा खोजेर ल्याएको च्याउ खाँदा ज्यानै जान सक्छ भन्ने चेतना अझै पनि गाउँ–गाउँमा नभएर थुप्रै नागरिकको अकालमा ज्यान जाने गरेकाले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आफू मातहतका प्रहरी चौकीलाई निर्देशन दिएको जिप्रकाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए ।

प्रहरीले रामपुर नगरपालिकाको बेझाड, इलाका प्रहरी कार्यालय रामपुर, रिब्दीकोट गाउँपालिका वडा नं २ देउराली, प्रहरी चौकी हार्थोक, वडा नं ५ मुझुङ, इलाका प्रहरी कार्यालय मुझुङ, रम्भा गाउँपालिका वडा नं ३ को पिपलडाँडा, प्रहरी चौकी राम्दी, निस्दी–३ झिरुवास, रुप्सेभन्ज्याङ प्रहरी चौकी, माथागढी गाउँपालिका–१ अघाहाखोला र आर्यभन्ज्याङ प्रहरी चौकीले विषालु जङ्गली च्याउ नखान सचेत गराएको हो ।

प्रहरीले स्थानीय समाजसेवी, उद्योगी, व्यापारी, व्यवसायी, जनप्रतिनिधि तथा सर्वसाधारण नागरिकलाई जङ्गली च्याउको प्रयोगले मानव स्वास्थ्यमा पार्ने असर, मौसम परिवर्तनसँगै आउने प्राकृतिक विपत्ति, लागुऔषध दुव्र्यसनी, महिला हिंसा, घरेलु हिंसा, चेलीबेटी बेचविखन, मदिरा नियन्त्रणलगायतका विविध विषयमा सचेतनामूलक कार्यक्रम गरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी सहायक निरीक्षक मोहन खत्री क्षेत्रीले बताए ।

यस्ता कार्यक्रमले च्याउ खाएर बिरामी पर्ने तथा ज्यान गुमाउनेको सङ्ख्यामा कमी आउने र समाजमा हुने विविध किसिमका आपराधिक घटना कम भएर सभ्य समाजको निर्माणमा सघाउ पुग्ने प्रनाउ सापकोटाको भनाइ छ । च्याउ खाएर यस वर्ष निस्दी गाउँपालिका–३ मा छ जनाको ज्यान गएको छ ।