२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बजेटले सत्ता पक्ष र विपक्षमा विभेद् गरेको छैन’

अ+ अ-

विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशसभा नियमावली, २०७४ को नियम ११८ (७) बमोजिम बजेट विनियोजन विधेयकमा निर्दिष्ट गरी राखिएको सत्तापक्ष र विपक्षमा कुनै विभेद् नगरेको बताएका छन् ।

मन्त्रालयसँग उठेका प्रश्नका जवाफ दिने क्रममा प्रदेशसभाको आजको बैठकमा मन्त्री घिमिरेले मन्त्रालयले कुनै एक भूभागलाई मात्र नभई समग्र प्रदेशको विकासमा बजेट विनियोजन गरिएको प्रष्ट पार्दै सबै योजना विधि र प्रणालीबाट ल्याइएकोले शङ्का नगर्न आग्रह गरे ।

उनले प्रत्येक जिल्लामा रङ्गशाला निर्माण र प्रत्येक स्थानीय तहमा खेलमैदान बनाउनेअनुरुप बजेट विनियोजन भएकाले ‘स्वस्थ जीवन’ अभियान सञ्चालन गर्ने र प्रत्येक जिल्लाका अस्पतालको स्तरोन्नति गर्न बजेट विनियोजन गरेको स्पष्ट पारे । धनकुटामा शिक्षालय स्थापना र विराटनगरमा अत्याधुनिक प्रयोगशाला बनाउने लक्ष्य सरकारले लिएकाले छुवाछुत विरुद्धको अभियान र दलितलाई सीपमूलक तालीम प्रदान गरी व्यावसायी बनाउनेमा उनले जोड दिए।

उनले मन्त्रालयलाई आवश्यक परेको कर्मचारी भर्नामा निष्पक्ष, भनसुनरहित प्रक्रियाबाट गरेको जानकारी दिए । छलफलमा प्रदेशसभा सदस्य नारायणबहादुर मगर, प्रतापप्रकाश हाङ्गाम, राजन राई र लीला सुब्बाले मन्त्रालयसँग आवद्ध धेरै योजना अस्पष्ट र अर्थहीन भएकाले सच्याउन आग्रह गरे ।