‘बजेटले सत्ता पक्ष र विपक्षमा विभेद् गरेको छैन’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘बजेटले सत्ता पक्ष र विपक्षमा विभेद् गरेको छैन’


१७ असार २०७६, मंगलबार


विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशसभा नियमावली, २०७४ को नियम ११८ (७) बमोजिम बजेट विनियोजन विधेयकमा निर्दिष्ट गरी राखिएको सत्तापक्ष र विपक्षमा कुनै विभेद् नगरेको बताएका छन् ।

मन्त्रालयसँग उठेका प्रश्नका जवाफ दिने क्रममा प्रदेशसभाको आजको बैठकमा मन्त्री घिमिरेले मन्त्रालयले कुनै एक भूभागलाई मात्र नभई समग्र प्रदेशको विकासमा बजेट विनियोजन गरिएको प्रष्ट पार्दै सबै योजना विधि र प्रणालीबाट ल्याइएकोले शङ्का नगर्न आग्रह गरे ।

उनले प्रत्येक जिल्लामा रङ्गशाला निर्माण र प्रत्येक स्थानीय तहमा खेलमैदान बनाउनेअनुरुप बजेट विनियोजन भएकाले ‘स्वस्थ जीवन’ अभियान सञ्चालन गर्ने र प्रत्येक जिल्लाका अस्पतालको स्तरोन्नति गर्न बजेट विनियोजन गरेको स्पष्ट पारे । धनकुटामा शिक्षालय स्थापना र विराटनगरमा अत्याधुनिक प्रयोगशाला बनाउने लक्ष्य सरकारले लिएकाले छुवाछुत विरुद्धको अभियान र दलितलाई सीपमूलक तालीम प्रदान गरी व्यावसायी बनाउनेमा उनले जोड दिए।

उनले मन्त्रालयलाई आवश्यक परेको कर्मचारी भर्नामा निष्पक्ष, भनसुनरहित प्रक्रियाबाट गरेको जानकारी दिए । छलफलमा प्रदेशसभा सदस्य नारायणबहादुर मगर, प्रतापप्रकाश हाङ्गाम, राजन राई र लीला सुब्बाले मन्त्रालयसँग आवद्ध धेरै योजना अस्पष्ट र अर्थहीन भएकाले सच्याउन आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस