२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरको बजेट पन्ध्र अर्ब पचास करोड

अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु १५ अर्ब ५० करोड ७० लाखको बजेट प्रस्तुत गरेको छ । महानगरको नगरसभाको पाँचौँ अधिवेशनको आज दोस्रो बैठकमा उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले चालू आव २०७५/७६ को भन्दा १९ प्रतिशत बढी बजेट प्रस्तुत गरेका हुन् । चालू आवमा रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजार बजेट प्रस्तुत गरिएको थियो ।

आन्तरिक आयतर्फ काठमाडौँ महानगरपालिकाको आफ्नै स्रोतबाट रु सात अर्ब ५६ करोड ६ लाख ३७ हजार प्रस्ताव गरिएको छ । जुन कूल बजेटको ५२ दशमलव ५८ प्रतिशत हो । बाह्य स्रोतबाट रु चार अर्ब १८ करोड ९० लाख महानगरको नाममा बैँकमा रहेको मौज्दातबाट रु दुई खर्ब ६२ करोड ९० लाख ९७ हजार तथा महानगरअन्तर्गतका आयोजनाबाट रु एक अर्ब १२ करोड ८२ लाख ७० हजार रहेको छ ।

यसैगरी बजेटको व्ययतर्फ पूँजीगत खर्च रु एक अर्ब ५५ करोड ३५ लाख, तलब पारिश्रमिक र सुविधा खर्च रु एक अर्ब ४१ करोड ५ लाख, कार्यालय सञ्चालन खर्च रु ५९ करोड ४३ लाख ५० हजार, पूर्वाधार सुधार तथा अन्य विकास खर्च रु सात अर्ब ४३ करोड ९७ लाख ९२ हजार, सशर्त अनुदानबाट पूँजीगत खर्च रु तीन अर्ब ३८ करोड ६ लाख र जग्गा एकीकरण आयोजनातर्फ रु एक अर्ब १२ करोड ८२ लाख ७० हजार रहेको छ ।

दोस्रो बैठक सञ्चालन गर्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यले उप–प्रमुख खड्गीलाई बजेट प्रस्तुत गर्न निर्देशन दिएका थिए । बजेटमा शिक्षातर्फ रु एक अर्ब ३४ करोड ९० लाख ५० हजार, सामाजिक विकास कार्यक्रमतर्फ रु एक अर्ब ५२ करोड १५ लाख ९० हजार, जनस्वास्थ्य सेवा कार्यक्रमतर्फ रु १२ करोड ३५ लाख ८२ हजार तथा प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फ रु पाँच करोड चार लाख ७७ हजार विनियोजन गरिएको छ ।

‘मेयर उज्यालो’ कार्यक्रम

बजेटमा सडकको मुख्य मुख्य चोकमा ‘मेयर उज्यालो’ कार्यक्रम सञ्चालन गर्ने कुरा उल्लेख छ । ‘मेयर उज्यालो’ कार्यक्रमअन्तर्गत ‘हाइमास’ बत्ती जडान गर्ने कार्यक्रम रहेको बजेटमा उल्लेख गरिएको छ ।

यस्तै सडक चोकमा ‘फ्लाई ओभर, आकाशे पुल, महानगर ज्येष्ठ नागरिक अस्पताल, बालाजु बाइसधारा उद्यानको आधुनिकीकरण, महानगरका क्षेत्रबाट सङ्कलन गरिने फोहरबाट ऊर्जा उत्पादन, नदीहरुको शुद्धीकरण गर्नेलगायत योजना उप–प्रमुख खड्गीले बजेटमा समेटेका छन् । आगामी आवको बजेटमा महानगरपालिकाको केन्द्रीय कार्यालय भवन निर्माण, भर्टिकल पार्किङका लागि भवन निर्माण, पर्यटन पदमार्ग, कोटेश्वर–तीनकुने बुद्ध पार्क निर्माण, मेघा हल निर्माण, मोनो रेललगायत योजना समेटिएको छ ।

आगामी आवमा शहिद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रम, महानगरस्तरीय एकीकृत सीप विकास प्रतिष्ठान निर्माण तथा सञ्चालनमा ल्याइने उल्लेख छ । महानगरले आगामी आवलाई अभियानका रुपमा सम्पदा संरक्षण तथा संवर्द्धन र पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकास वर्षको रुपमा सञ्चालन गर्न बजेट विनियोजन गरिएको उप–प्रमुख खड्गीले जानकारी दिए ।

आजको बैठकमा महानगर प्रमुख शाक्यले आर्थिक विधेयक–२०७६ र महानगरपालिका विनियोजन विधेयक–२०७६ समेत प्रस्तुत गरेका थिए । नगरसभा असार ५ गतेदेखि राष्ट्रिय सभागृहमा जारी छ ।

प्रतिक्रिया दिनुहोस