राजस्थानको धार्मिक कार्यक्रमको भागदौडमा १४ जनाको मृत्यु, ५० घाइते « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राजस्थानको धार्मिक कार्यक्रमको भागदौडमा १४ जनाको मृत्यु, ५० घाइते


९ असार २०७६, सोमबार


नयाँ दिल्ली । भारतको राजस्थानस्थित एक धार्मिक कार्यक्रममा भागदौड हुँदा १४ जनाको मृत्यु भएको छ भने ५० जना भन्दा बढी घाइते भएका छन् । राजस्थानको बाडमेरमा आएको आँधी र तुफानका कारण धार्मिक कार्यमा संलग्न १४ जनाको मृत्यु भएको हो ।

अधिकारीहरुका अनुसार सयौंको संख्यामा मानिसहरु राम कथा सुन्ने एक धार्मिक कार्यक्रममा भाग लिइरहेका थिए । सोही कामका लागि त्यहाँ लगाइएको पण्डाल हुरीका कारण खस्दा मानिसहरुको मृत्यु भएको हो । घाइते केहीको अवस्था नाजुक रहेको बताइएको छ ।

प्रहरीका अनुसार जसोल गाउँको धाममा कथा सुनाउनका लागि ठूलो पण्डाल लगाइएको थियो । आइतबार अपरान्ह आएको आँधी र वर्षाले पण्डालको केही भाग खसेको थियो । यसबाट त्यहाँ भागदौड मच्चिएको थियो । त्यतिबेला त्यहाँ करिब १०० मानिस थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन् । राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले मृतकका परिवारलाई ५ लाख र घाइतेका परिवारलाई २ लाख रुपियाँ दिने घोषणा गरेका छन् । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस