आइचरबाट खसेर एककोे मृत्यु « प्रशासन
Logo ३१ आश्विन २०७८, आइतबार
   

आइचरबाट खसेर एककोे मृत्यु


२५ बैशाख २०७६, बुधबार


मेलम्ची । सिन्धुपाल्चोकको मेलम्चीबाट नवलपुर जाँदै गरेको आइचर ट्रकबाट खस्दा एकको ज्यान गएको छ ।

मङ्गबार साँझ मेलम्चीबाट नवलपुर जाने क्रममा बा४ख ७०१८ नंको आइचर ट्रक दुर्घटना हुँदा इन्द्रावती–४ का ६४ वर्षीय शुरबहादुर तामाङको ज्यान गएको हो ।

आइचरको पछाडि बसेर जन्तीबाट घर फर्कने क्रममा खसेर तामाङको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जानकारी दिएको छ । सवारीसाधन र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस