सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु


२५ बैशाख २०७६, बुधबार


लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित मल्हनियाँचोकमा रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा गए राति एकको मृत्यु भएको छ ।

चोहर्वास्थित नेपाली सेना गणको बा१ग २४६२ नंको ट्रकमा स६प ८०१३ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ निवासी सागरकुमार जयसवालको घटनास्थलमै मृत्य भएको हो ।

मल्हनियाँचोकमा बिग्रिएर रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा जयसवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस