२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिन्डिकेट तोड्ने सारथि अब गैरकानुनी सम्पत्ति आर्जन विरुद्ध

अ+ अ-

काठमाडौँ । वरिष्ठ सहसचिव रूप नारायण भट्टराईले सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको कार्यभार सम्हालेका छन् ।

सिन्डिकेट तोड्ने सारथिका रूपमा कहलिएका भट्टराईले आइतबारदेखि हरिहर भवनस्थित विभागको कार्यभार सम्हालेका हुन् ।

सामान्य प्रशासन मन्त्रालयको गुनासो सुनुवाइ व्यवस्थापन समितिका संयोजकसमेत रहेका भट्टराईलाई गत चैत्र २५ गतेको मन्त्रिपरिषद् बैठकले सरुवा गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार : सरकारद्वारा ११ जना सह सचिवको सरुवा, सम्पत्ति सुद्धिकरणमा भट्टराईलाई पठाइँदै

विभागको नेतृत्व ग्रहण गरेसँगै भट्टराईले अवैध धन आर्जन विरुद्ध कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ओली नेतृत्वको सरकार गठनसँगै वाहवाही पाएको मध्ये एक यातायात व्यवसायमा रहेको सिन्डिकेट तोड्ने निर्णय कार्यान्वयनका सारथि भट्टराईको सम्पत्ति शुद्धीकरणमा आगमनसँगै देशभित्र रहेको कालो धन नियन्त्रण हुने विश्वास लिइएको छ भने ‘सही ठाउँमा सही व्यक्तित्व’ भन्दै कर्मचारी वृत्तबाटसमेत सकारात्मक प्रतिक्रियाहरू आएका छन् ।

वातावरण विभागमा रहँदा सुरुवात गरेको प्लाष्टिकमुक्त अभियानबाट चर्चामा रहेका भट्टराई सिन्डिकेट हटाउने सरकारी घोषणा कार्यान्वयनमा खरो उत्रिएसँगै उनको वाहवाही जनस्तरसम्मै पुग्यो । यातायात क्षेत्रका विकृति हटाउन खरो रूपमा उत्रेका भट्टराईले राजश्व छली गर्ने सय भन्दा बढी कर्मचारीलाई कारबाहीमा ल्याउँदै दुई अर्ब भन्दा बढी राजश्व असुलसमेत गराएपछि गतल काम गर्ने व्यवसायी मात्रै होइन, कर्मचारीको समेत भागाभाग भएको थियो ।

तर सिन्डिकेटधारीहरु सिद्धिनै लाग्दा सिन्डिकेटविरुद्ध डटेर सामना गरेको भट्टराईलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको दबाबमा हटाइएपछि मन्त्री महासेठ मात्रै होइन, सिङ्गो सरकार तथा प्रधानमन्त्रीसमेतको चौतर्फी आलोचना भएको थियो ।

सम्बन्धित समाचार : महानिर्देशक सरुवामा मन्त्री महासेठको चर्को आलोचना 

असल नियतका साथ तोकिएको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्दा जिम्मेवारीबाट मुक्त गरिनु तथा लामो अवघि जिम्मेवारीसमेत नदिएर राखिनुलाई इमान्दारीतापूर्वक काम गर्नेको हविगत यस्तै हुन्छ भनेर समेत कर्मचारी वृत्तमा चर्चा हुने गरेको छ ।

पुनः भट्टराईलाई सरकारले सम्पत्ति शुद्धीकरण जस्तो महत्त्वपूर्ण निकायको जिम्मेवारी दिएको छ । पैशा, पहुँच र शक्तिको आडमा अबैध सम्पत्ति आर्जन गर्दै देश खोक्रो बनाउनेहरुको कालो सञ्जाल तोड्न जिम्मेवारी दिई पठाइएका भट्टराई माथि थप यातायातकै हविगत नदोहोरियोस् ।

प्रतिक्रिया दिनुहोस