राँगाको आक्रमणबाट सत्तरी वर्षीय वृद्धको मृत्यु « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

राँगाको आक्रमणबाट सत्तरी वर्षीय वृद्धको मृत्यु


११ फाल्गुन २०७५, शनिबार


काठमाडौं । राँगाको आक्रमणबाट मच्छेगाउँमा एक जनाको मृत्यु भएको छ।

मर्निङ वाकमा निस्किएका ७० वर्षीय रामवीर मानन्धरको राँगोको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

आक्रमणबाट गम्भीर घाइते भएका मानन्धरलाई कीर्तिपुर अस्पताल लैजाँदै गर्दा बाटामै मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

पछि राँगोलाई लेखेट्दै दहचोकमा पुर्याएर गोली हानेर मारिएको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस