२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आचारसंहिता उल्लङ्घनका ३९३ घटना

अ+ अ-

काठमाडौं । प्रेस काउन्सिल नेपालले एक वर्षमा पत्रकार आचारसंंहिता उल्लङ्घनका ३९३ घटना भएको जनाएको छ ।

गत २०७४ फागुनदेखि २०७५ माघसम्म १४९ उजुरी र काउन्सिलको स्वअनुगमनमा पत्रकार आचारसंहितासम्बन्धी २४४ घटना उल्लङ्घन गरिएको फेला पारेको काउन्सिलका सूचना अधिकारी दीपक खनालले जानकारी दिए। उल्लङ्घन गरिएकामध्ये उजुरीमा छापामाध्यम ६७ र विद्युतीय माध्यम ८२ तथा फेला पारेका घटनामध्ये १३ छापामाध्यम र २३१ विद्युतीयमाध्यम रहेका छन् । उल्लङ्घन गरिएका घटनामध्ये १९९ वटा फस्र्यौट गरिएको उनले बताबताए।

सूचना अधिकारी खनालका अनुसार काउन्सिलअन्तर्गतको छापामाध्यम र विद्युतीयमाध्यम आचारसंहिता अनुगमन उपसमितिको बैठकले काउन्सिलको पटक–पटकको मौखिक/लिखित आग्रहलाई अटेरी गर्ने १६ भन्दा बढी आमसञ्चारमाध्यमलाई अवज्ञाकारीको सूचीमा राखेको छ ।

तीमध्ये अन्नपूर्ण पोष्ट दैनिक, काठमाडौँ टुडे अनलाइनसहित तीन वटाले आचारसंहिता पालनामा प्रतिबद्धता जनाउँदै अवज्ञाकारीको सूचीबाट हटाउन निवेदन दिएकाले उक्त सूचीबाट हटाइएको छ भने गोरखापत्र दैनिकले आचारसंहिता पालनामा प्रतिबद्धता जनाउँदै हालै पत्राचार गरेको छ । सूचना अधिकारी खनालले सम्बन्धित पक्षको खण्डन छाप्न निर्देशन दिने, क्षमायाचनासहित खण्डन प्रकाशन गर्न निर्देशन दिने, आचारसंहिता प्रतिकूल समाचार सम्प्रेषण नगर्न सचेत गराउँदै आचारसंहिता पालना गर्न निर्देशन दिने बताए ।

काउन्सिलले त्यस्ता सञ्चारमाध्यमलाई वर्गीकरणका लागि प्राप्त हुने आचारसंहिताको अङ्क घटाउने, प्रेस पास निलम्वनका लागि सिफारिश गर्ने, लोक कल्याणकारी विज्ञापनवापतको रकम समय तोकी रोक्का राख्न सिफारिश गर्ने, दुवै पक्षलाई झिकाइ मेलमिलाप गराउने र काउन्सिलको आदेश नमान्नेलाई अवज्ञाकारीको सूचीमा राख्ने गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस