पोखराको लेकसाइडमा १४ वर्षीय बालकको हत्या « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

पोखराको लेकसाइडमा १४ वर्षीय बालकको हत्या


२९ माघ २०७५, मंगलबार


कास्की । पोखरा महानगरपालिका–६ लेकसाइडमा १४ वर्षीय बालकको हत्या भएको छ ।

पाल्पा स्थायी घर भई पोखरामा आमासँग बस्दै आएका सचिन सिँजालीको गएराति घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

बालकको शब हल्लनचोकस्थित निर्माणाधीन भवनमा फेला परेको हो । घटनामा संलग्न भएको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ । मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस