२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँझो जग्गा भूमिहीन परिवारलाई

अ+ अ-

बाजुरा । गौमुल गाउँपालिकाको चौथो गाउँसभाले खाली जमीनमा गाउँपालिकाभित्रका भूमिहीन तथा जोखिममा रहेका परिवारलाई स्थानान्तरण गर्ने निर्णय गरेको छ ।

बाँझो जमीनको व्यवस्थापन गर्न सो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए । गाउँपालिकाभित्र पर्याप्त उपभोग गर्ने जमीन भएको र जमीन बाँझो राखेका जग्गाधनीलाई खेती गर्न प्रोत्साहित गर्ने तथा जग्गाधनीले नमाने बाँझो जमीनलाई स्थानीय सरकारको नाममा गर्नका लागि आवश्यक पहल गर्ने निर्णय गाउँसभाले पारित गरेको छ ।

त्यस्तै चौथो गाउँसभाबाट प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण सम्बन्धी २०७५, विपत् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७५, गाउँपालिकाको आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालन कार्यविधि २०७५, गौमुल गाउँपालिकाको उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन कार्यविधि २०७५, जलस्रोत निमावली २०७५ तथा स्थानीय राजपत्र प्रकाशनसम्बन्धी कार्यविधि २०७५ सर्वसम्मतरुपमा पारित गरिएको सूचना अधिकारी खड्क बुढाले जानकारी दिए ।

गाउँसभामा भौतिक पूर्वाधारतर्फ रु १० करोड ३० लाख, आर्थिक विकासतर्फ रु दुई करोड, सामाजिक विकासतर्फ रु १५ करोड ५० लाख, वातावरण तथा विपत् व्यवस्थापनमा रु एक करोड ७० लाख, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ रु एक करोड ५० लाख, वित्तीय व्यवस्थापन तथा सुशासनतर्फ रु ५० लाख, कार्यालय व्यवस्थापन तथा प्रशासनिक खर्चतर्फ रु चार करोड ५० लाख बराबरको चालू आर्थिक वर्ष २०७५/७६ को माघ मसान्तसम्मको यथार्थ आयव्यय र आगामी आर्थिक वर्ष २०७६/७७ को प्रक्षेपण गरिएको अनुमानित बजेट तथा कार्यक्रम गाउँसभाले पारित गरेको छ । गौमुल गाउँपालिकाको कूल अनुमानित आय रु २४ करोड ८३ लाखमा २०७५ माघ मसान्तसम्मको यथार्थ खर्च रु छ करोड ९९ लाख रहेको बुढाले बताए।

घरेलु मदिरा बरामद

जिल्ला प्रहरी कार्यलयले एक हजार ४१० लिटर घरेलु मदिरा र मदिरा बनाउन तयार गरिएको कच्चा पदार्थ बरामद गरेर नष्ट गरेको छ । बडिमालिका नगरपालिका–९ मेलकाँदको डाँडामा गाढेको अवस्थामा सोमबार मदिरा बरामद गरिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए । मेलकाँदमा होटल व्यवसाय गर्दै आएका दुई परिवारले उत्पादन गरेको सो मदिरा नष्ट गरिएको हो । अवैध मदिरा नष्ट गर्न प्रहरीले गाउँगाउँमा अभियान चलाएको छ ।