२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार दिनदेखि हवाई सेवा ठप्प

अ+ अ-

हुम्ला । दुर्गम हिमाली जिल्ला हुम्लामा सञ्चालित एकमात्र यातायात साधन हवाई सेवा चार दिनदेखि पूर्णरुपमा बन्द छ ।

बुधबार दिउँसोदेखि हिमपातसँगै चलेको हावाहुरीका कारण सिमकोट विमानस्थलमा हिउँ बाक्लो जमेका कारण हवाई उडान बन्द हुन पुगेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताए । लगातारको हिमपातले सिमकोट विमानस्थलको हिउँ पन्छाउने कार्य शनिबारदेखि शुरु गरिएको उहाँले जानकारी दिए।

विमानस्थलको हिउँ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र एयरलाइन्सका कर्मचारीले पन्छाइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले बताए । बाक्लो हिउँका कारण जिल्ला बाहिर जोड्ने एकमात्र हवाई सेवा सञ्चालन नहुँदा पाँच दिनदेखि यात्रुले आवतजावत गर्न पाएका छैनन् । शनिबार दिउँसो १ बजेदेखि विमानस्थलको हिउँ पन्छाउन थालिए पनि हवाई सेवा सञ्चालनमा ल्याउन अझै दुई दिन लाग्ने भएको छ ।

हुम्लादेखि नेपालगञ्ज र सुर्खेत जाने यात्रु तथा नेपागञ्ज र सुर्खेतदेखि सिमकोट आवतजावत गर्ने यात्रुसहित अन्य सामग्री ढुवानी गर्न नसकिएकाले सिमकोटमा दैनिक उपभोग्य सामानको पनि अभाव देखिन थालेको उहाँले जानकारी दिए । खिरौला (सेतो चिनी) चार दिनसम्म हवाई उडान बन्द हुँदा सिमकोट विमानस्थलमै थन्किएको छ ।

विद्यालयको छाना उडायो

भारी हिमपातसँगै चलेको तीव्र हावाहुरीले एक दर्जनभन्दा बढी विद्यालयको छाना उडाएको छ । यही माघ ८ गतेदेखि पटक–पटक हिमपातपछि चलेको आएको हुरीले सदरमुकाम सिमकोटमै रहेको मानसरोवर मावि र सहारा समूहको छात्रावासको छानो उडाएको थियो ।

त्यसैगरी बरगाउँस्थित रलिङ मावि, खार्पुनाथ गाउँपालिका–१स्थित मालिका मावि, प्युसास्थित कैलाश आधारभूत विद्यालयका छाना उडाएको मानसरोवर माविका शिक्षक धनबहादुर ऐडीले बताए । उक्त माविको कक्षा १२ को सबै कक्षा कोठाको जस्ता हुरीले उडाएपछि कोठाभित्र करीब तीन फिट हिउँ जमेको र फाल्नसमेत समस्या भएको उनले जानकारी दिए । फरक क्षमता भएका बालबालिकाको बसोबास रहेको छात्राबासको छानो उडाएपछि विद्यार्थीलार्ई समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन क्षेष्ठले बताए । अहिले छानो उडाएपछि फरक क्षमता भएका बालबालिका खुला आकाशमुनि बस्न बाध्य भएका छन् । लाली माविको दुईतले चार कोठा र कैलाश आधारभूत विद्यालयका आठ कोठाका छानो हुरीले उडाउँदा पठनपाठनमा समस्या भएकोे कैलाश माविका प्रधानाध्यापक भानुभक्त जैसीले जानकारी दिए ।

कोठामा राखिएका खाद्यान्न हिउँले भिजेकाले खाना पकाउनसमेत नहुने भएको छ । हिउँ र हुरीले विद्यालयको कार्यालय सञ्चालन गरिएको कोठामा समेत क्षति पुगेको छ । यसैगरी स्थानीय बासिन्दाका टिनले छाएका घरका छानासमेत उडाएको छ । खार्पुनाथ गाउँपालिका–१ निवासी तेजबहादुर शाही, जीतबहादुर शाही र लुर्के शाहीको घरको छाना उडाएको जितबहादुरले बताए । रासस

प्रतिक्रिया दिनुहोस