प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले लिए सपथ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले लिए सपथ


१८ पुस २०७५, बुधबार


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा सपथ ग्रहण गराएकी हुन् ।

प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालत पुगेर आजै कार्यभार सम्हाल्नेछन् । जबरा अबको चार वर्षसम्म प्रधानन्यायाधीश पदमा रहने छन् ।

उनको नाम संसदीय सुनुवाई विशेष समितिले मंगलबार सर्वसम्मत अनुमोदन गरेको थियो । सुनुवाई समितिमा जबराले कुनै बदनियत नराखेर कार्यसम्पादन गर्ने प्रतिवद्धता जनाएका थिए ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा लगायत सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस