विद्यालय भवन निर्माण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विद्यालय भवन निर्माण


१२ पुस २०७५, बिहिबार


बैतडी । बैतडीको पाटन नगरपालिका–९ विजयपुरस्थित ज्ञानेश्वर माविमा रु ३२ लाख लगानीमा विद्यालय भवन निर्माण गरिएको छ ।

सांसद दामोदार भण्डारीको पहलमा शिक्षा विभागबाट ‘मल्टिस्टोर’ कार्यान्वयनअन्तर्गत तत्कालीन जिल्ला शिक्षा कार्यालयको आर्थिक सहयोगमा उक्त भवन निर्माण भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिश विष्टले जानकारी दिए ।

चार कोठे उक्त भवन निर्माणपश्चात् विद्यार्थी बस्नलाई सहज भएको छ । नवनिर्मित भवनमा हाल कक्षा ९ र १० का विद्यार्थी अध्ययन गर्छन् । भवनको हालै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे ।

शिक्षा कार्यालयले अनुगमन गर्दा शैक्षिक गुणस्तर, भौतिक व्यवस्थापन, सरसफाइ, कक्षाकोठा व्यवस्थापनमा ज्ञानेश्वर मावि उत्कृष्ट रहेको पाइएको छ । उक्त विद्यालयमा चालू शैक्षिक सत्रबाट कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको छ ।

कूल ५६५ विद्यार्थी अध्ययनरत विद्यालयमा प्राविधिक विषयसमेत पढाइ हुने गरेको छ । ज्ञानेश्वर माविका सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन बालउद्यान, बालमैत्री कक्षा, किशोरकिशोरीमैत्री सूचना केन्द्र, विपद् व्यवस्थापन सिकाइ केन्द्र स्थापना गरिएको छ । उक्त विद्यालय अहिले जिल्लाकै नमूना विद्यालयका रुपमा अगाडि बढिरहेको छ ।

सामुदायिक विद्यालयले निजी विद्यालयजस्तै गर्नसक्ने उदाहरण बनाउन आफूहरु लागिपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्टको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस