शोकमा विद्यालय बन्द « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

शोकमा विद्यालय बन्द


८ पुस २०७५, आइतबार


तुलसीपुर । सल्यान–तुलसीपुर सडकअन्तर्गत दाङको तुलसीपुर–३ राम्रीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उपमहानगरपालिकाभित्रका विद्यालय आज एक दिनलाई शोकमा बन्द गरिएको छ ।

कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थी चढेको गाडी शुक्रबार दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो । बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उपमहानगरको शिक्षा महाशाखाले आज विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

दुर्घटनामा परी विद्यार्थी तथा शिक्षकको मृत्यु हुँदा शिक्षा क्षेत्रमा अपूरणीय क्षति भएको भन्दै शोकमा एक दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको महाशाखा संयोजक देवराज विश्वकर्माले जानकारी दिए । आज यस क्षेत्रका निजी, सामुदायिक तथा प्राविधिक शिक्षालय बन्द भएका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस