प्रधानन्यायाधीश नियुक्तिका लागि साँझ ५ बजे बैठक बस्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रधानन्यायाधीश नियुक्तिका लागि साँझ ५ बजे बैठक बस्दै


२५ मंसिर २०७५, मंगलबार


सचिव

काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषदको बैठक आज साँझ ५ बजे बस्ने भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्ने बैठकले नयाँ प्रधानन्यायाधीशका लागि न्याय परिषदले पठाएको नाममा छलफल गर्दै नियुक्तिका लागि सिफारिस गर्ने छ । परिषदले चोलेन्द्र शम्शेरण राणा र दीपक राज जोशीमध्ये एक जनालाई सिफारिस गर्नुपर्ने छ ।

संबैधानिक परिषदबाट सिफारिस भएको व्यक्ति संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति गर्ने संबैधानिक व्यवस्था छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अवकास पाउने भएकाले त्यसअघि नै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न परिषद्को बैठक बोलाइएको हो ।

यसअघि शनिबारलाई बोलाइएको परिषद बैठक स्थगित भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस