२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिमाल आरोहणको स्मरणमा विद्यालय भवन निर्माण

अ+ अ-

काभ्रेपलाञ्चोक । दक्षिण कोरियाका नागरिक यूएम होङ गीलले हिमाल आरोहणको स्मरणमा पाँचखाल नगरपालिका–१० स्थित आजाद उच्च माध्यमिक विद्यालयका लागि भूकम्पप्रतिरोधी भवन निर्माण गरिदिएका छन् ।

सर्वोच्च शिखर सगरमाथामा तीन पटक तथा नेपाल र अन्य देशका आठ हजार मिटरभन्दा माथिका १३ वटा हिमाल आरोहण गरेका गीलले उक्त विद्यालयका लागि दुई तले आठकोठे भवन निर्माण गरिदिएका हुन् । यूएम होङ गील फाउण्डेशनका निर्देशकसमेत रहेका ६८ वर्षका गीलले भने, “मैले हिमाल आरोहण गरेको स्मरणमा विद्यालय भवन बनाइदिएको हुँ, मैले अहिलेसम्म १६ वटा विद्यालय भवन बनाएँ ।”

गीलले ठूला सपना बोकेर अगाडि बढ्न विद्यार्थीहरुलाइ आग्रह गरेका छन् । गीलले एउटा हिमाल आरोहण गरेपछि स्मरणार्थ एउटा विद्यालय भवन बनाइदिने गर्दै आएको फाउण्डेशनका नेपाल उपनिर्देशक सञ्जीव हुमागाईंले जानकारी दिए ।

उनका अनुसार गीलले कोरियास्थित दोवन विहारकी भिक्षुणी मानोको सहयोगमा १२ जिल्लाका १६ वटा विद्यालय भवन निर्माण गरेका छन् । कूल एक करोड ९५ लाख लागतमा भवनसँगै २० वटा ल्यापटप राखिएको कम्प्युटर ल्याब, विद्यालयलाई ४०० मिटर पक्की घेरा पर्खाल, शौचालय र विद्यालय बगैँचामा पक्की बाटो निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक प्रल्हाद तिमल्सिनाले जानकारी दिए। उनका अनुसार कूल लागतमध्ये २० प्रतिशत रकम विद्यालयको हो ।

विद्यालय भवनको प्रदेश नं ३ सांसद लक्ष्मण हुमागार्इं र गीलले आइतबार संयुक्तरुपमा उद्घाटन गरे । पूर्वशिक्षामन्त्री गङ्गाधार तुलाधरले वि.सं. २०७२ को विनाशकारी भूकम्पपछि दातृ निकायले नेपालमा गरेको सहयोगको प्रशंसा गर्दै कोरियन नागरिक गीलको सहयोग नेपालीको लागि प्रेणादायी बनेको बताए ।

फाउण्डेशनले आइतबारै उक्त विद्यालयका ७७८ विद्यार्थीका लागि पोशाक, ब्याग तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । वि.सं. २००७ मा स्थापित विद्यालयमा हाल पूर्णरुपमा अङ्गे्रजी भाषामा अध्यापन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस