निर्मलाको लागि न्याय माग्दै राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन, ११ पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

निर्मलाको लागि न्याय माग्दै राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन, ११ पक्राउ


२० मंसिर २०७५, बिहिबार


काठमाडौं । निर्मलाको लागि न्याय माग्दै राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने पक्राउ परेका छन् ।

बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको न्यायका लागि राष्ट्रपति कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

शितल निवास अगाडिको सडकमा प्लेकार्डसहित प्रदर्शन गर्न भेला भएका थिए। अधिकांश प्रदर्शनकारीलाई प्रहरीले समातेर लगेको छ। प्रदर्शनकारीहरुले निधारमा ‘म निर्मला’ लेखेका थिए भने प्लेकार्ड पनि बोकेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डबाट फर्किँदै गर्दा उनीहरुले प्रदर्शन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस