प्रधानन्यायाधीश सिफारिस गर्न बसेको बैठक बिना निष्कर्ष टुंगियो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानन्यायाधीश सिफारिस गर्न बसेको बैठक बिना निष्कर्ष टुंगियो


१७ मंसिर २०७५, सोमबार


काठमाडौं । प्रधानन्याधीश सिफारिस गर्न बसेको बैठक निष्कर्ष बिना नै टुंंगिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार बसेको बैठकमा नयाँ प्रधानन्याधीशको नाम सिफारिसि गर्ने तथा विभिन्न आयोगका अध्यक्ष तथा सदस्यहरुको नियुक्तिका विषयमा छलफल हुने विषय सूची रहेको थियो ।

न्याय परिषदले केही दिनअघि नै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशद्वय चोलेन्द्र शमशेर जबरा र दीपकराज जोशीको नाम सिफारिस गरेको थियो। अहिलेका प्रधानन्यायाधीश ओमप्रकाश मिश्र पुस १७ बाट अवकाश हुँदैछन्। उनको अवकाश हुनुभन्दा एक महिना पहिले नै भावी प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

जोशी यसअघि सिफारिस भई संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस