प्रधानमन्त्रीलाई एक लाख डलरको पुरस्कार « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीलाई एक लाख डलरको पुरस्कार


१६ मंसिर २०७५, आइतबार


पुरस्कार

काठमाडौं । युनिभर्सल पिस फाउण्डेसन (युपीएफ) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ ।

आज सम्पन्न एसिया प्यासिफिक सम्मेलन– २०१८ को अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्रीलाई ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिएको हो ।

पुरस्कारको राशी एक लाख डलर छ ।

ओलीलाई संस्थाकी प्रमुख हक जा हन मुनले अवार्ड र सम्मान पत्र हस्तान्तरण गरेकी छन् ।

कार्यक्रममा प्रधानमन्त्रीले पुरस्कार सरकारको सम्मानमा दिएकाले नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस