‘नेपाल सार्कको नेतृत्व हस्तान्तरण गर्न आतुर छ’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘नेपाल सार्कको नेतृत्व हस्तान्तरण गर्न आतुर छ’


१६ मंसिर २०७५, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्काके नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको बताए ।

आज प्रधानमन्त्री ओलीसँग कम्बोडिया र पलाउका पूर्वराष्ट्रपति तथा पाकिस्तानका पूर्वप्रधानमन्त्रीले भेट गरेका छन् ।

भेटमा पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानी र प्रधानमन्त्री ओलीबीच सार्कलाई प्रभावकारी बनाउनेबारे छलफल भएको छ । छलफलमा प्रधानमन्त्री ओलीले नेपाल चाँडो सम्मेलन गरेर सार्कको नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको बताएका हुन् ।

एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन काठमाडौं आएका पूर्वसरकार प्रमुखसँग आज भएको भेटमा नेपालको शान्ति प्रक्रिया र सरकारले अघि सारेका समृद्धिका योजनाहरुबारे पनि छलफल भएको छ ।

गिलानीसँग दक्षिण एसियाका देशको पारस्परिक व्यापार र लगानीको आदानप्रदान बढाएर जानेबारे पनि छलफल भएको छ । गिलानीले नेपालले लिइरहेको प्रगति र स्थायित्वको बाटोबारे जानकारी भएको भन्दै प्रशंसा गरे ।

कोलम्बियाका पूर्वराष्ट्रपति आन्द्रेस पास्त्राना अरंगोले पनि प्रधानमन्त्री ओलीसँग भेट गरेका छन् । भेटमा पूर्वराष्ट्रपति अरंगोले नेपालको शान्ति प्रक्रियाको सफल प्रयासबाट आफ्नो मुलुक पनि प्रभावित भएको बताए ।

प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाका मूलभूत कामहरु सकिएको उल्लेख गर्दै बाँकी कामहरु पनि छिट्टै पूरा गर्ने जानकारी दिए । प्रधानमन्त्रीले कोलम्बियासँग कुटनीतिक सम्बन्ध लामो भएको स्मरण गर्दै व्यापार–वाणिज्य क्षेत्रबाट सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिए ।

यसैगरी प्रधानमन्त्री ओलीसँग पलाउका पूर्वराष्ट्रपति जोनसन टोरीवियङले पनि भेट गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस