कम्बोडियाका प्रधानमन्त्री हुन सेन पाटनमा (फोटो फिचर) « प्रशासन
prasaLogo
१४ मंसिर २०७५, शुक्रबार

कम्बोडियाका प्रधानमन्त्री हुन सेन पाटनमा (फोटो फिचर)


प्रकाशित मिति : 30 November, 2018 3:12 pm

ललितपुर । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पाटन दरबार क्षेत्रको भ्रमण गरेका छ ।

एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन आएका उनीसँगै झण्डै ६० जनाको कम्बोडियाली प्रतिनिधिमण्डलले पाटन दरबार क्षेत्रको भ्रमण गरेको ललितपुर महानगरपालिकाले जनाएको छ ।

बिहान मङ्गलबजार पुगेका प्रधानमन्त्री हुन सेनले झण्डै एक घण्टा पाटन दरबार क्षेत्रमा रहेका सांस्कृतिक र ऐतिहासिक स्मारकको अवलोकन गरेका थिए। उनले हिरण्यवर्ण महाविहारमा पूजासमेत गगरे।

प्रधानमन्त्री सेनको स्वागतका लागि महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याल, विभिन्न वडाका पदाधिकारीलगायत उपस्थित थिए । महानगरपालिका प्रमुख महर्जनले कम्बोडियाका प्रधानमन्त्रीले गरेको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “यहाँ आएका विशिष्ट पाहुनाले सम्पदाका बारेमा केही जानेर अरुलाई केही बुझाउनेछन् ।”

प्रधानमन्त्री सेनले यहाँका सम्पदाका बारेमा उत्सुकतापूर्वक जानकारी लिएको प्रमुख महर्जनले जानाए ।

फोटो रासस

Tags :
प्रतिक्रिया दिनुहोस