आलोचकलाई प्रधानमन्त्रीको जवाफ : सरकार कहाँ छ भनेर मजदुर, श्रमजीवि र दुःख पाएका गरिबलाई सोध्नुस् « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

आलोचकलाई प्रधानमन्त्रीको जवाफ : सरकार कहाँ छ भनेर मजदुर, श्रमजीवि र दुःख पाएका गरिबलाई सोध्नुस्


११ मंसिर २०७५, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देश विकासमा व्यस्त रहेको बताएका छन् ।

कसैले सरकार कहाँ छ ? कसैले जुम्रा पनि मारेन, सिन्को भाँचेन भन्ने गरेको बताउँदै उनले भने, ‘यो सरकार जुम्रा मार्न बनेको होइन । देश विकास गर्न बनेको हो ।’

सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा उनले सरकार कहाँ छ भनी मजदुर, श्रमजीवि र दुःख पाएका नागरिकलाई सोध्न आलोचकलाई आग्रह गरे ।

केही दिनमा मेलम्ची आउने र त्यसले सरकार कहाँ छ भनेर जवाफ दिने उनले बताए । ‘बाटोमा धुलो उड्न कम भएको छ, जवाफ पाउनुपर्ने हो,’ उनले भने, ‘कलंकी–नागढुंगा सडक हेर्न जानुस्, त्यहाँ छ सरकार ।’

सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा तामझाम बढी भएको भन्दै आलोचनाबारे प्रधानमन्त्री ओलीले भने, ‘यो तामझाम मैले देखिनँ भन्नेहरूलाई देखाउन हो । थाहा पाउनु भनेर हो । अबका कार्यक्रमहरूमा बाजा समेत बजाइनेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस