२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नं.७ को धार्मिक पर्यटकीयस्थल बडिकेदारमा दर्शनार्थीको घुइँचो

अ+ अ-

डोटी । डोटी जिल्लाको दक्षिणी बोगटान क्षेत्रमा अवस्थित बडिकेदार धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले नेपालको एक महत्वपूर्ण तीर्थस्थलको रुपमा चिनिँदै आएको छ ।

बोगटान गाउँपालिका र बडिकेदार गाउँपालिकाको शिखर लेकमा अवस्थित प्रसिद्ध शक्ति पिठको रुपमा चर्चा बटुल्न सफल बडिकेदारमा हरेक वर्ष त्रयोदशी तिथिको राति मेला लाग्ने, धामी काम्ने, देउरोहरु आउने साथै डेउडा खेल पनि खेल्ने गरिन्छ भने अर्को दिन चतुर्दशी तिथिको बिहान पूजा आजा गरिन्छ । सोही तिथि अनुसार यो वर्ष मंसिर ५ र ६ गते मेला लाग्ने मेला ब्यवस्थापन समितिले जनाएको छ ।

धार्मिक विश्वास अनुसार बडिकेदारलाई शिवको अवतारका रुपमा लिइन्छ । शिवको दर्शन गर्न भक्तजनहरुले जे सोचेर बडिकेदारको पूजाआजा गरेमा मनोकांक्षा पुरा हुने विश्वासका कारण भक्तजनहरुको घुईचो लाग्ने गर्दछ । त्यहाँ शिवजीको नाममाढुँङ्गाको शिलामा पूजा आजा गर्ने गरिन्छ । शिवजीको प्रतिमूर्तिको रूपमा रहेको बडिकेदार शिला नजिकै बडेमानको ढुङ्गामा गाई र बाच्छाको मूर्ति समेत रहेको छ । मूर्ति रहेको स्थान भौगोलिक रुपमा बिकट अर्थात भिरको बीचमा रहेको छ ।

मेला भर्नको लागि नेपालका छिमेकी जिल्ला कैलाली, कंचनपुर, डडेल्धुरा, अछाम, बझाङ लगायत अधिकांश क्षेत्रबाट आउनु साथै भारतको नैनिताल, हरिद्धार, पंजाब, सिम्ला र दिल्लीबाट पनि श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गरेको मेला ब्यवस्थापन समितिका संयोजक टोप बहादुर चन्दले बताए । उनले भने, ‘बडिकेदारको शक्ति र यसको बारेमा आफ्नै महत्व छ, तर पनि पछिल्लो समयमा प्राः सन्तानप्राप्त नभएका महिला पुरुषहरु पुत्रलाभको कामना गर्दै बडिकेदारमा पुग्ने गरेका छन् ।’

पछिल्लो समयमा बडिकेदारमा केहि भौतिक संरचना निर्माण भएका र सडक सन्जालले पनि नजिक बनाएका कारण बडिकेदारको महत्व र जनमानसमा आस्था बढ्दै गएको बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए । उनले भने, ‘जति मात्रामा बडिकेदार क्षेत्रकोे विकास, प्रचार प्रसार हुनुपर्ने हो त्यो हुन सकेको छैन, तैपनि हामिले पछील्लो समयमा केही रुपमा भए पनि निमार्णका कुराहरु, बाटोघाटोको सुरुवात गर्नुका साथै बडिकेदार क्षेत्रको विकासका लागि गुरु योजना निमार्ण गरी कार्य अगाडि बढाएका छौं, सहयोग गर्न सबैलाई आग्रह गर्दछांै ।’ अध्यक्ष चन्दले गुरु योजना अनुसार केदार क्षेत्रको विकासका लागि साढे ३ अर्ब रुपैयाँ आवश्यक पर्ने समेत बताए ।

अन्य देवी देवताको मन्दिरमा भन्दा बडिकेदार बिभिन्न जातजाति भाषाभाषीहरुको समान आस्थाको केन्द्र बन्दै आपासी सद्भाव र प्रचार प्रसारमा समेत टेवा पुग्ने बडिकेदार गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष एवं मेलाका पुजारी बुद्धिसागर बिनाडीले बताए । उनले भने, ‘पछिल्लो समयमा बिभिन्न संचारमाध्यमले यस क्षेत्रको प्रचार प्रसार गर्नुका साथै स्थानीय निकाय र विभिन्न व्यक्तिहरुको सहयोगमा भक्तजनहरुको संख्या उल्लेख्य रुपमा बढेको छ ।’

बडिकेदार क्षेत्रको विकासको लागि गुरुयोजना बनाएर काम गर्न सके जिल्लाको मात्रै नभई प्रदेश र देशकै प्रमुख पर्यटकीय र धार्मिक स्थलका रुपमा स्थापित गर्न सकिने बोगटान गाँउपालिकाका अध्यक्ष कमल गडसिलाले बताए । उनले भने, ‘बडीकेदार क्षेत्रको विकास प्रचार प्रसारमा सबैले एक भएर लाग्नु पर्छ, त्यस क्षेत्रको विकासका लागि आफु पनि सहयोग गर्न तयार छु, यस क्षेत्रका विभिन्न चारै स्थानहरुमा भौतिक पूर्बाधारहरु, सडकको स्तरोन्नति भएमा स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई भित्र्याउन सकिन्छ ।’

बडिकेदार क्षेत्रले बडिकेदार गाँउपालिकाको वडा नम्बर ५ लानाकेदारेश्वर, वडा नम्बर ४ मान्नाकापडी र बोगटान गाँउपालिकाको वडा नम्बर वडा नम्बर १ सिमचौर, वडा नम्बर ४ सात्फरी र वडा नम्बर ५ धिकामाण्डौको बीच लेकमा अवस्थित रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि छनोट गरेका १ सय ओटा नयाँ पर्यटकीय गन्तव्यमा प्रदेश नम्बर ७ अन्र्तगत १० वटा छनोट भएका स्थानहरु मध्ये बडिकेदार पनि एक हो ।