नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा : प्रधानमन्त्री ओली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा : प्रधानमन्त्री ओली


२८ कार्तिक २०७५, बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको बताएका छन् । चीनका पर्यटन तथा सँस्कृति मन्त्री लु सुगाङबीचको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालले हिड्न थालेको समृद्धिको बाटाेंमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको बताए । उनले भने, “समृद्धिको लक्ष्य हासिल गर्नका लागि मित्र राष्ट्रहरुबाट सहयोग अपेक्षा गरिएको छ त्यसमा पनि नजिकका छिमेकीहरुबाट थप सहयोगको अपेक्षा गरेका छौं ।”

नेपाल र चीनको सम्बन्ध स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने,“हामी एउटै हिमालको वारी पारी बसेका, एउटै हिमालको मुलको पानी खाएका छिमेकी हौ, हामी भूगोल, संस्कृति, रहनसहन र जनस्तरबाट पनि नजिक छौं ।”

चीनिया मन्त्री सुगाङले नेपाल भ्रमण बर्ष २०२० मा नेपालमा पर्यटक भित्र्याउने चीनको तयारी भएको बताए । मन्त्री सुगाङले गतबर्षको तुलनामा यस बर्ष नेपाल भ्रमण गर्ने पर्यटक ४८ प्रतिशतले वृद्धि भएको बताए । उनले भने, “नेपालको पर्यटन क्षेत्रमा फाइदा पुर्याउन भूकम्पपछिको पूनर्निर्माणको क्रममा रहेका संरचनाको मौलिकपनलाई कायम राख्न उपयुक्त हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस