छोरी बलात्कारको आरोपमा पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

छोरी बलात्कारको आरोपमा पक्राउ


२६ कार्तिक २०७५, सोमबार


मोरङ । छोरी बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् ।

मोरङको कानेपोखरी गाउँपालिका -५ मा १४ बर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ३९ बर्षीय युवक पक्राउ परेका हुन् ।

गत कात्तिक ७ गते श्रीमती माइत गएको अवस्थामा जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

कात्तिक २० गते प्रहरीले युवकलाई पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालयले जबरजस्ती करणी मुद्दामा अनुसन्धान गर्न अदालतबाट म्याद लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस